Logo

मुख्य समाचार

अविरल वर्षाका कारण घर जलमग्न



जनकपुरधाम । विगत दुई दिनदेखिको अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिका–१० स्थित अधिकांश घर जलमग्न भएको छ ।

पानीको उचित निकास नहुँदा अविरल वर्षाका कारण बस्ती नै जलमग्न भएको उपमहानगरपालिकाका उपप्रमुखसमेत रहेका स्थानीय किशोरी साहले जानकारी दिए । अधिकांश घरमा पानी जमेपछि स्थानीयवासी समस्यामा परेका छन् ।

अघिल्लो नगरप्रमुखलाई पानी निकासको समस्याबारे सुनाउँदासमेत कुनै सुनुवाइ नभएकाले आफूहरु बर्सेनि यस्तो समस्या व्यहोर्दै आएको उनको गुनासो छ । आफूहरु भर्खरै निर्वाचित भएकाले पानी निकासको ठोस उपाय गर्न नसकिए पनि अब यसको दिगो समाधानका लागि प्रयास गर्ने उनले बताए ।

यस्तै हिजोदेखिको अविरल वर्षाका कारण जनकपुरधामस्थित अधिकांश सरकारी कार्यालय परिसरमा पानी जमेका छन् । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, आन्तरिक राजस्व कार्यालय, हुलाक कार्यालयलगायतका सरकारी कार्यालय परिसरमा पानी जमेको छ ।

अविरल वर्षाका कारण बजारमा चहलपहल घट्दा व्यापार व्यवसायी प्रभावित भएको छ । निरन्तरको वर्षाका कारण सरकारी कार्यालयमा आउने सेवाग्राही घटेका छन् । वर्षाका कारण जनजीवन प्रभावित भए पनि अहिलेसम्म मधेस प्रदेशमा कुनै मानवीय क्षति नभएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए । बाढीजन्य विपद्का कारण जोखिमयुक्त क्षेत्रको पहिचान गरी सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको प्रहरी उपरीक्षक कार्कीले बताए ।

यसैबीच जिल्ला प्रशासन कार्यालय धनुषाले अविरल वर्षा जारी रहेकाले नदी आसपासका स्थानीयवासीलाई सचेत रहन आग्रह गरेको छ । कमला नदी र रातुखोलामा पानीको सतह बढ्न सक्ने भएकाले नदी आसपासका क्षेत्रका स्थानीयवासी सचेत हुनुपर्ने धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडलले आग्रह गरे ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ९ : १३ बजे

हेल्पिङ हर्ट नेपालको सहयोगमा विपन्न परीवारलाई कम्बल वितरण सिरहा । तराई मधेशका जिल्लामा चिसोबढेसँगै सिराहाका विभिन्न पालिकामा अतिविपन्न घर परीवारलाई कम्बल वितरण गरिएको छ।  हेल्पिङ हर्ट नेपालको सहयोगमा जिल्लाको लहान, गोलबजार, महनौर र अर्नमा गाउँ पालिकामा गरी २५० गरिव, दलीत, विपन्न तथा एकलमहिलालाई कम्बल प्रदान गरिएको हो । सिराहामा बढ्दो सितलहरका कारण विपन्न परिवारका सदस्यको कठ्याङ्ग्रिएर मृत्युसम्म हुने गरेकाले चिसोबाट जोगिन जिल्लाको लहान नगरपालिकाको ५ र १९ नम्वर वडामा ५०/५० थान, गोलबजार नगरपालिका ११ थान, नरहा गाउँपालिका ३ थान र खोरिया, अर्नमागाउँ पालिका १ थान, महनौरमा ५०/५० घर परीवारलाई कम्बल प्रदान गरिएको संस्थाका जिल्ला संयोजक जियाउद्दिन खानले बताए ।