Logo

मुख्य समाचार

ज्वाला संग्रौलाले राप्रपा छोडिन्



काठमाडौं । युवा नेतृ ज्वाला संग्रौलाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छोडेकी छिन् ।

आज मंगलबार राति सामाजिक संजालमा एक सन्देश जारी गर्दै उनले राप्रपा छोडेको घोषणा गरेकी हुन् । उनि राप्रपामा सामाजिक विभाग प्रमुख थिइन् ।

समाजसेवाबाट राजनीतिमा प्रवेश गरेकी ज्वालाले दर्जनौं परोपकारी काम गरिसकेकी छिन् । राप्रपा छोडेपछि उनि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्ने चर्चा चलेको छ ।

तर, यो बिषयमा उनले कुनै प्रतिक्रिया जनाएकी छैनन् । उनका समर्थक तथा शुभेच्छुकहरुले भने उनलाई लामिछानेले नेतृत्व गरेको रास्वपामा जान सुझाइरहेका छन् ।

छोटो अवधिमै राप्रपामा रहँदा उनले प्रभावकारी भुमिका निर्वाह गरेकी थिइन् ।

उनले जारी गरेको सन्देश यस्तो छ –

आजबाट राष्ट्रिय प्रजातन्त्र पार्टीको साधारण सदस्य समेत नरहनेगरि पार्टीबाट अलग्गिएको घोषणा गर्दछु । आजसम्मको यो यात्रामा मलाई साथ दिनुहुने पार्टीका सबै अग्रज ब्यक्तित्वहरुप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु । ब्यक्तिगत रुपमा राजेन्द्र लिङदेन दाईलाई मेरो सदैव साथ , सपोर्ट र सम्मान रहिरहनेछ । यो मुलुक परिवर्तनको यात्रामा राजेन्द्र लिङदेनले एकदिन देशको नेतृत्व लिएरै छाड्नु हुनेछ भन्ने कुरामा पनि म ढुक्क छु । अबको मेरो समय यो देशमा असल काम गर्नेहरु सबै प्रति समर्पित रहने छ । सबैको जय होस् , मंगल होस् ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  १० : ३० बजे