Logo

मुख्य समाचार

भक्तपुरको एक रिसोर्टमा २१ वर्षीया युवती बलात्कृत



काठमाडौं । भक्तपुरमा २१ वर्षीया युवती बलात्कृत भएकी छन् ।

उनलाई बलात्कार गरेको अभियोगमा सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने २५ वर्षीय मनिष खत्रीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सूर्यविनायक नगरपालिका–९ बासघारीस्थित रुहोसा रिसोर्टमा ती महिलालाई मनिषले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बलात्कार गरेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  २ : २६ बजे