Logo

Breaking News 1

नवनियुक्त एकीकृत समाजवादीका मन्त्रीले लए सपथ



काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट नवनियुक्त चार मन्त्री र एक राज्यमन्त्रीले आज पद तथा गोपनियताको सपथ लिएका छन् ।

बिहान ११ बजे राष्ट्रपति निवास शितल निवासमा आयोजित सपथ ग्रहण कार्यक्रममा चार मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुलाई सपथ गराएकी हुन् । स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका हिराचन्द्र केसीलाई भने प्रधानमन्त्री देउवाले सपथ खुवाएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्रीहरू आइतबार साँझ हेरफेर गरेका थिए ।

नवनियुक्त मन्त्रीहरुमा जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका छन् ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  १२ : २० बजे