काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म ७६८ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले आइतबार दिउँसो २ बजेसम्म विभिन्न जिल्लाबाट ७६८ शव फेला परेको जनाएको छ।
प्रहरीका अनुसार चितवनमा सबैभन्दा धेरै २६४ शव फेला परेका छन्। पूर्वी नवलपरासीमा १९४, पश्चिम नवलपरासीमा १००, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३७ र रसुवामा १३ शव फेला परेका छन्।
बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा हालसम्म २ हजार ७१५ जना घाइते तथा अन्य व्यक्तिको उद्धार गरिएको प्रहरीले जनाएको छ।
यस्तै, काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत घाइतेमध्ये १६० जना उपचारपछि डिस्चार्ज भएका छन्।








प्रतिक्रिया