Logo

मुख्य समाचार

एमालेले अवरोध गरेपछि बागमती प्रदेशसभा बैठक स्थगित



काठमाडौं । नेकपा एमालेको अवरोधपछि बागमती प्रदेश सभा बैठक स्थगित भएको छ ।

एमालेका मााग सम्बोधन नभएको भन्दै एमाले बागमती प्रदेश संसदीय दलका नेता दीपक निरौलाले माग संबोेधन नभएसम्म संसद चल्न नदिने अडान लिएपछि बैठक स्थगित भएको हो । अको बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

सभामुख सानुकुमार श्रेष्ठले आर्थिक मामिला मन्त्री शालिकराम जम्कट्टेललाई आर्थिक विनियोजन विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव राख्न अनुमति दिएसँगै एमाले सांसदहरु उठेर विरोध जनाएका थिए ।

एमालेले पूर्वाग्राही रुपमा बजेट बिनियोजनमा विभेद गरेको आरोप लगाएको छ ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ३ : ३६ बजे