Logo

Breaking News 1

अफगानिस्तानमा भुकम्प जाँदा २५० जनाको मृत्यु, कयौं घाइते



काठमाडौं । अफगानिस्तानमा शक्तिशाली भूकम्प जाँदा २५० जनाको मृत्यु भएको छ । डेढ सयबढि मृत्यु भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

अफगानिस्तानको खोस्त सहरभन्दा करिब ४४ किलोमिटर टाढा केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युटको भूकम्प गएको थियो । त्यसको धक्का पाकिस्तान र भारतमा समेत महसुस भएको थियो ।

एक जना स्थानीय अधिकारीले बीबीसीसँग २५० जनाभन्दा बढीको ज्यान गएको बताएका छन् । क्षति योभन्दा पनि बढी भएको हुनसक्ने अनुमान गरिएको छ ।

सरकारका प्रवक्ता बिलाल करीमीले पक्तिका प्रान्तका चार जिल्लामा ठूलो भूकम्प गएको र यसबाट सयौंको ज्यान गएको जानकारी दिएका छन् । त्यहाँका सरकारी अधिकारीका अनुसार, मृतक संख्या अझै बढ्न सक्ने देखिएको छ । सरकार र विभिन्न गैरसरकारी संस्थाहरु उद्धारमा खटिएका छन् ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  १२ : १७ बजे