Logo

Breaking News 1

राजा महेन्द्रबाट सृजित विकासको क्रान्ति



इतिहासमा राजाहरुको भुमिका अतुलनीय छ । राजाहरुको कुरा गर्नुपर्दा पुर्व श्री ५ महेन्द्रको विकास क्रान्ति सबैभन्दा माथि छ । विक्रम संवत् १९७७ साल ज्येष्ठ २९ गते जन्मनुभएका श्री ५ महेन्द्रले चाल्नुभएका विकासको लहर नेपालको सन्दर्भमा कोशेढुंगा सावित भएको थियो ।

राजा महेन्द्रको राष्ट्रप्रति अगाध माया र नेपाल प्रति विकासको योगदान हामीले कदापि बिर्सनु हुँदैन । स्वर्गीय राजा महेन्द्रबाट २०१७ साल पौष १ गतेको ऐतिहासिक कदम नेपालको सुदृढ सार्वभौमसत्ता कायम गरेर चौतर्फी देशको निर्माण गराउनु भएको थियो । अहिलेको जस्तो प्रत्यक्ष रुपमा नेपाललाई उठ्नै नसक्ने गरी नेपालको विकराल अवस्था आइसकेको जस्तो त्यो बेला देखिंदैनथ्यो । तर पनि त्यो बेलामा भित्रभित्रै भारतीय प्रधानमन्त्री नेहरुबाट नेपालको आन्तरिक मामिलामा दखल पुर्याएर हस्तक्षेप बढिरहेको अवस्था थियो । त्यो बेला राजा महेन्द्रबाट त्यत्रो जोखिम मोलेर नेपाल अधिराज्यको सार्वभौमसत्तालाई सुदृढ राख्ने कार्य भएको थियो ।

राजा महेन्द्रबाट नेपालको सार्वभौमसत्ताको सुदृढिकरण गर्दै नेपाललाई विश्व राजनीतिक रंगमञ्चमा चिनाएर नेपाललाई कुनै पनि प्रकारको विदेशी हस्तक्षेपबाट मुक्त भई दुई ठूला राष्ट्रहरुको वीचमा रहेर यी दुबै राष्ट्रहरुसंग सन्तुलित सम्बन्ध गर्न सक्ने राजा महेन्द्र निश्चय नै युगान्तकारी युग पुरुष मानिन्छन् ।

सोभियत रुस र अमेरिका जस्ता शक्ति सम्पन्न ठूला राष्ट्रहरुको वीच चलिरहेको साम्यवाद र संसदवादको अन्तर्राष्ट्रिय भिडन्तबाट उम्केर, उत्तरमा कट्टर साम्यवादी राष्ट्र चीन र दक्षिण तर्फ कट्टर संसदवादी देश भारतको वीचमा रहेर यी दुबै राष्ट्रहरु लगायत विश्वका विकसित देशहरुबाट समान सहयोग लिएर राष्ट्र निर्माणमा नेतृत्व प्रदान गर्न सक्ने राजा महेन्द्रको व्यक्तित्वको चर्चा गरेर छोटकरीमा सकिने कुरा आउंदैन ।

राजा महेन्द्रबाट १० बर्ष मात्र देश निर्माणमा हात हालेर देशलाई सलक्क उठाउने काम भयोे । राजा महेन्द्रले हात नहालेको कुनै क्षेत्र छैन जुन कुनै पनि अधुरा छैनन् ।

घटनाक्रम र परिस्थितिले परिवर्तनलाई अपरिहार्य बनाउँदछ । कुनै राजनीतिक पद्धतिको समर्थन र बिरोध भन्दा राष्ट्रको सार्वभौंमसत्तालाई बचाउनु हामी नेपालीहरुको पहिलो कर्तव्य हो । नेपालको सार्वभौंमसत्ता माथि भित्रभित्रै बढ्न गइरहेको खतराबाट देशलाई बचाउन श्री ५ महेन्द्रबाट समयमा जुन कदम चालिबक्सेर देश बचाउने काम गरिबक्स्यो त्यही नै नेपाली राष्ट्रियताको विजय हो । विसं २००७ सालको परिवर्तनको सिलसिलामा नेपाललाई सहयोग गर्ने नाममा सन् १९५० को नेपाल भारतको वीचको असमान सन्धिको आधारमा नेपाललाई कुँजो पार्ने भारतको षडयन्त्रबाट बचेर राजा महेन्द्रले जुन व्यवहारिक कुटनीति अपनाएर नेपाल बचाउने काम गरिबक्स्यिो त्यसलाई नेपाली जनताले कहिल्यै बिर्सने छैनन् ।

विक्रम सम्वत् २०१७ साल पौष १ गते श्री ५ महेन्द्रबाट नेपाल अधिराज्यको संविधान २०१५ को धारा ५५ प्रयोगगरि संसदीय व्यवस्था विघठित गरी प्रधानमन्त्री बिपी कोइरालाको मन्त्रिमण्डल निलम्वन गरी सबै मन्त्रीहरुलाई हिरासतमा राखियो । हुन त संसदीय व्यवस्थाको विघटन गरेको कुरालाई समर्थन गर्नु राम्रो होइन । तर २०१७ को श्री ५ महेन्द्रबाट चालिबक्सेको कदम राष्ट्रको लागि अनिवार्य आवश्यकता थियो । २०१७ सालको परिवर्तनलाई नेपाल अधिराज्यका जनताले स्वःस्फूर्त चौेतर्फी खुशियाली मनाइएको थियो र नेपालका हर क्षेत्र, डाँडापाखामा दिपावली गरेर राजा महेन्द्रको कदमको समर्थन गरेका थिए । यतिमात्र होइन कि प्रबासी नेपालीहरुले पनि हर्ष बढाईं मनाएका थिए ।

मान्छेको पहिचान सत्तामा पुगेपछि हु‍ँदोरहेछ । बोलेर मात्र होइन, सत्तामा पुगेपछि वास्तविकताको धरातलमा उभिएर नेतृत्व गरेर देखाउन सक्नु पर्दछ । त्यो काम श्री ५ महेन्द्रले गरेर देखाउन सक्नु भएको थियो । पञ्चायती व्यवस्थालाई माध्यम बनाएर विभिन्न विचारमा विभाजित नेपाली जनतालाई एकतावद्ध गरेर नेपालको आर्थिक विकासको क्षेत्रलाई अगुवाई गरेर श्री ५ महेन्द्रबाट भारत, चीन एवं मित्र देशहरु लगायत समाजवादी देशहरुको सहयोग लिएर नेपालको आर्थिक विकासको क्षेत्रमा ५० भन्दा बढी उद्योग र जनतालाई प्रत्यक्ष लाभ हुने संस्थानहरु स्थापित गराएर धेरैपछि परेको देश नेपालको चौतर्फी विकास, निर्माण प्रारम्भ गरिए ।

श्री ५ महेन्द्रबाट तराई क्षेत्रमा औलो उल्मूलन गराई आवश्यता अनुसार बाटोघाटो, शिक्षा, स्वास्थ्य, सिंचाइ, उद्योगहरूको व्यवस्था गरिएको हो । तराईका जनतालाई कहिल्यै पनि राज्यले पक्षपात गरेको छैन ।

२०१७ सालको परिवर्तनपछि नेपालमा यस्तो जागरण आयो कि शिक्षा, स्वास्थ्य, यातायात, बाटोघाटोको निर्माण, सिंचाई, विद्युत र नेपाली जनतालाई नभइ नहुने आवश्यकताको परिपूर्ति गराउंदै राजा महेन्द्रले साहित्य कला क्षेत्रमा स्थान दिएर जनतालाई ठुलो प्रेरणा बक्सेको थियो । राजा महेन्द्र, नेपाल अधिराज्यका हर ठाँउमा जनताको घर दैलोमा पुगी जनताको दुःख सुख हेरी एउटा राजनेताको रुपमा परिचित होइबक्सियो ।

श्री ५ महेन्द्रबाट तराई क्षेत्रमा औलो उल्मूलन गराई आवश्यता अनुसार बाटोघाटो, शिक्षा, स्वास्थ्य, सिंचाइ, उद्योगहरूको व्यवस्था गरिएको हो । तराईका जनतालाई कहिल्यै पनि राज्यले पक्षपात गरेको छैन । तर केही विखण्डनकारीहरू तराईलाई विभेद गरिएको छ भनेर नेपालको एकतामा भाँजो हाल्न सक्रिय छन् । राजा महेन्द्रबाट १० बर्ष मात्र देश निर्माणमा हात हालेर देशलाई सलक्क उठाउने काम भयोे । राजा महेन्द्रले हात नहालेको कुनै क्षेत्र छैन जुन कुनै पनि अधुरा छैनन् ।

त्यस्तै यो साल जेष्ठ २९ गते संविधान अनुसार राजसिंहासनमा रहेका श्री ५ ज्ञानेन्द्रलाई कंग्रेस आईकी सोनीया गाँधी र (रअ) को षडयन्त्र र दबाबमा २०६५ साल जेष्ठ २९ गते असंबैधानिक रुपले नारायणहिटी राजदरबारको राजसिंहासनबाट बहिर्गमन गराइएर नेपालको अस्तित्व समाप्त गर्न त्यही दिन कथित संविधानसभाको पहिलो वेठकबाट मुखैमुखको भरमा निर्वाचन हारेका भारतीय गुप्तचर कृष्ण सिटौलाबाट गणतन्त्र घोषणा गरिएको कालो दिन थियो । त्योबेलादेखि देशद्रोहीहरुको सक्रियतामा नेपाल अन्धकार भविष्यतर्फ हिंडेको छ ।

अब हामी नेपालीहरुले श्री ५ महेन्द्रका महान योगदानहरुलाई आत्मसाथ गरेर श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहदेवलाई राजकीय सम्मानकासाथ नारायणहिटी राजदरबारमा हिजोका षडयन्त्रहरु सबै निर्मूल गराएर राज्यरोहण गराएर श्री ५ कै उपस्थितिमा २०४७ सालको संविधानमा टेकेर हामी नेपालीहरु एक भएर ‘सुन्दर शान्त विशाल नेपाल’ साकार गर्नु नै सच्चा नेपालीको कर्तव्य हो । संसारको यो पुरानो सार्वभौम गौरवमय स्वर्णभूमि युगयुगान्तरसम्म ब‌चाएर संसारमा हिजो झैं हामी नेपालीहरुले शिर उच्च राखेर हिड्न सकौं ।
(यी लेखकका नीजि विचार हुन्, लेखसंग यस संस्थाको कुनै सम्बन्ध छैन : सम्पादक ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  १२ : १६ बजे