Logo

Breaking News 1

बौद्दको होटलमा युवतीको सामूहिक बलात्कार, चार जना पक्राउ



काठमाडौं । काठमाडौंस्थित बौद्दमा एक युवतीमाथि सामूहिक बलात्कार भएको छ ।

काठमाडौँ महानगरपालिका–६ बौद्धस्थित लुङ्ता गेष्टहाउमा २४ वर्षकी युवतीको सामूहिक बलात्कार भएको हो । बलात्कारको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँका २४ वर्षीय रितेश तामाङ, सिन्धुपाल्चोक मेलम्चीका २२ वर्षीय रिन्जेन शेर्पा, सर्लाहीका ३४ वर्षीय उत्तम लामा र होटलका सञ्चालक सिन्धुपाल्चोकका ३४ वर्षीय झ्याम्पा ढिल्ले शेर्पालाई पक्राउ गरेको हो।

पक्राउ परेका चारै जनालाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  ११ : १९ बजे