Logo

मुख्य समाचार

जाजरकोटको जुनीचाँदेमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु



काठमाडौं । जाजरकोटको जुनीचाँदे गाउँपालिका वडा नम्बर-५ स्थित बलेबनमा जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जुनीचाँदे गाउँपालिका-६ घर भएकी ३४ वर्षीया कालिका शाही, २१ वर्षीय दर्शन शाही र वडा नम्बर-५ शिवपुरी घर भएकी ४० वर्षीया पुतला गिरी छन् ।

जुनीचाँदेको लुहादहबाट शिवपुरी जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ च ०३४१ नम्बरको बोलेरो दुर्घटना हुँदा ४ जना गम्भिर घाइते भएका छन् । जिपमा ११ जना सवार थिए ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  ११ : ०८ बजे