Logo

मुख्य समाचार

सडक भासिएको आँबुखैरेनीमा दुई शव फेला



काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनीस्थित मुग्लिङ-पोखरा सडक भासिएको स्थानमा दुई पुरुषको शव फेला परेको छ ।

गएराति नै भासिएको सडकबाट एउटा कार मर्स्याङ्दी नदीमा खसेको देखिएको थियो । अहिले त्यस स्थानमा दुई शव फेला परेको प्रहरीले जानकारी दिएको छ । शवको सनाखत हुन सकेको छैन ।

कारमा कति जना सवार थिए भन्ने अहिलेसम्म खुल्न सकेको छैन । उद्दारका लागि उद्दारकर्मीहरु खटिएका छन् । पोखराबाट मुग्लिङतर्फ आउँदै गरेको कार पहिरोमा परेको हुन सक्ने अनुमान गरिएको छ ।

कार नदीभित्र थोरैमात्रै देखिएको जनाइएको छ । सडक पुरै भासिएकाले तत्काल बाटो खुलाउन समस्या भएको छ । सडक अवरुद्द हुँदा मुग्लिङतर्फबाट तनहुँ, गोरखा, लमजुङ, कास्कीलगायत क्षेत्रमा जाने यात्रु अलपत्र परेका छन्।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  ९ : ४३ बजे