Logo

खेलकुद

बीएनएलाई दोहोरो सफलता



काठमाडौं । आयोजक बसुन्धारा नेसनल एकेडेमी (बीएनए) ले पाँचौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार दोहोरो सफलता पाएको छ ।

बसुन्धारास्थित श्री समाज सामुदायिक भवनको कोर्टमा भएको सिनियर गल्र्सको प्रतिस्पर्धा बीएनएले काठमाडौं ग्लोबललाई १४–१२ ले पराजित गर्‍यो । बीएनएकी अस्मिता राईले ६ स्कोर गरिन् ।

जुनियर ब्वाइजमा बीएनएले काठमाडौं ग्लोबललाई नै १३–२ ले हरायो । बीएनएका एलेक्स गुरुङले ६ अंक जोडे । सो स्पर्धाको अर्को खेलमा इडेन ब्रिज एकेडेमी (इबीए) ले लालीगुराँस नेसनल एकेडेमीलाई २०–८ ले पन्छायो । इबीएका निखिल शाहीले १० अंक बटुले ।

सिनियर ब्वाइजमा स्किब्सले भद्रकालीलाई २६–८, एन्जल्र्स हार्टले फेरिल्यान्डलाई २४–१० र लालीगुराँसले नेपाल मोडेललाई ३८–२८ निराश पारे । स्किब्सका युनिकले १०, एन्जल्सका लिजेन क्षेत्रीले १२ र लालीगुराँसका रविन तामाङले १३ अंक जोडे ।

उक्त स्पर्धाकै अन्य प्रतिस्पर्धामा सेबले स्कोरलर्स होमलाई ४८–१७, इबीएले काठमाडौं ग्लोबललाई ३८–६ र ओडिसी इन्टरनेसनल एकेडेमीले युनिभर्सिटीलाई ३०–२२ ले पाखा लगाए । सेबका लोकेन्द्र राउतले १२, इबीएका सौगात खत्रीले ११ र ओडिसीका बेन्जामिन लिम्बूले १४ स्कोर गरे ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  ७ : १४ बजे