Logo

मनोरञ्जन

महानायक राजेश हमालको आज जन्मदिन, कति वर्ष पुगे हमाल ?



काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा महानायक राजेश हमालको आज जन्मदिन रहेको छ ।

हमाल आजदेखि ५८ वर्षमा लागेका छन् । महानायक हमाल वि.सं. २०२१ साल जेठ २५ गते पाल्पाको तानसेनमा जन्मेका हुन् ।

हमालले ३४ वर्षअघि ‘युगदेखि युगसम्म’बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यू गरेका हुन् । महानायक हमालले हालसम्म २ सय ७ वटा फिल्ममा अभिनय गरिसकेका छन् ।

हमालले अभिनय गरेका ‘देउता, भाउजु, साथी, अल्लारे, गाउँले, अजम्बरी नाता, ढुकढुकी, बसन्ती, हामी तिन भाई’ लगायतका चलचित्र सफल मानिन्छन् ।

राजेशले एमए अंग्रेजी भारतको पञ्जाब विश्वविद्यालयबाट पूरा गरेका छन्।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  १ : २८ बजे