Logo

मुख्य समाचार

मूल्यवृद्धिको गम्भीर रोग नै पेट्रोलियम पदार्थमा लगाइएको कर होः मिनेन्द्र रिजाल



काठमाडौं । नेपाली काँग्रेसका सांसद मिनेन्द्र रिजालले पेट्रोलियम पदार्थ आयातमा लगाइएका विभिन्न शिर्षकका कर नै मूल्यवृद्धिको कारक तत्व रहेको बताएका छन् ।

आज प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले विभिन्न समयमा पेट्रोलियम पदार्थ आयातमा लगाइएको कर नै मूल्यवृद्धिको कारक रहेको बताएका हुन् ।

उनले भने,‘अहिले मात्र होइन पहिलेदेखि नै सरकारले पैसा चाहियो, फ्यूलमै कर लगाएको छ । पूर्वाधार, भन्सार, सडक मर्मतजस्ता कर पेट्रोलियम पदार्थमा लगाइएको छ,मूल्यवृद्धिको गम्भीर रोग यो नै हो । रोग एकतिर छ, गम्भीर रोग छ । अहिले महँगी सिरियस रोग हो ।’

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  ३ : १० बजे