काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले धेरै वर्ष पहिलेदेखिको आन्तरिक ऋणको साँवा यो वर्ष बुझाउनु परेकाले चालू खर्च बढेको स्पष्ट पारेका छन् ।
संसदमा सांसदहरुले बजेटमाथि उठाएका प्रश्नको जवाफ दिँदै शर्माले यसअघिका वर्षहरुमा आन्तरिक ऋणको ब्याज मात्रै तिर्दै आएकोमा यो वर्ष साँवा पनि तिर्नुपर्ने दायित्व थपिएकाले खर्च बढेको मन्त्री शर्माले बताए ।
लगभग ५० अर्ब रुपैँया ऋण तिर्नु परेकाले चालू खर्च बढेको शर्माले बताए ।
मन्त्री शर्माले सांसदहरुले यो बजेटलाई चुनावी बजेट भनेकोमा जवाफ दिँदै बजेट वक्तव्य तयार गर्नुपूर्व दलीत, उत्पीडित, कृषक सम्भव भएसम्मका राजनीतिक दलहरुसँगको छलफल गरेर बजेट ल्याएको उनको भनाई रहेको थियो ।
प्रतिक्रिया