Logo

मुख्य समाचार

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित



काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।

आज शुक्रबार साँझका लागि बोलाईएको बैठक स्थगित गरिएको माओवादीले जनाएको छ । भर्चुअल रुपमा बस्ने तय भएको बैठक स्थगित भएको हो ।

सांसदहरु संसद बैठकमा रहेकाले बैठक बस्न नसकेको बताइएको छ । अर्को केन्द्रीय समिति बैठक कहिले बस्ने भन्ने तय नभइसकेको भन्दै छिट्टै अर्को मिति तय हुने बताइएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  २ : २० बजे