Logo

Breaking News 1

विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव आज परिवालाई बुझाइँदै



काठमाडौं । गत आइतबार तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव आज आफन्तलाई बुझाइँदै छ ।

दुर्घटनामा निधन भएका २२ जनाकै शव पोस्टमार्टम लागि शिक्षण अस्पतालमा राखिएकोमा पोष्टमार्टमको काम सकिएकाले शव आफन्तलाई बुझाउन लागिएको हो ।

पोखराबाट मुस्ताङको जोमसोम जान उडेको तारा एयरको नाइन एन एईटी ट्विनअटर विमान मुस्ताङको थासाङ गाउँपालिका-२ को सानुसरे पहाडमा ठोक्किएर दुर्घटना भएको थियो ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  ९ : ४७ बजे