Logo

समाचार

स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु



काठमाडौं । बाँकेमा बसको ठक्करबाट एक बालिकाको ज्यान गएको छ ।

बैजनाथ गाउँपालिका-१ मा मंगलबार स्कुल बसले ठक्कर दिँदा स्थानीय प्रकाश खड्काकी ४ वर्षीया छोरी प्रज्ञाको मृत्यु भएको हो ।

बालिकाको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । नम्बर नखुलेको स्कुल बसले आज बिहान १० बजे बालिकालाई ठक्कर दिएको थियो ।

बससहित चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  ३ : २७ बजे