Logo

समाचार

गरिबी निवारण, पुर्वाधार विकास, पूँजी निर्माणमा बजेट सार्थक छः मेटमणी चौधरी



काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता मेटमणी चौधरीले सरकारले प्रस्तुत गरेको बजेट नेपाली समाजको दृष्टिकोणका आधारमा आएको बताएका छन् ।

संसदमा बजेटमाथि सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद चौधरीले कोभिड पछिको आर्थिक संकट र मिश्रित सरोकारले ल्याएको बजेट भएको कारण नेपाली समाजको दृष्टिकोणलाई ध्यानमा राखि बजेट आएको बताएका हुन् ।

उनले बजेटले उत्पादनतर्फ ध्यान दिएको भन्दै उनले बजेटले समावेशीतालाई जोड दिएको बताए । उनका अनुसार गरिबी निवारण, पुर्वाधार विकास, पूँजी निर्माणमा बजेट सार्थक रहेको बताए ।

चौधरीले आफू दाङको सांसद रहेको भन्दै टरीगाउँ एयरपोर्टलाई सम्बोधन गरेको प्रति दङ्गाली जनता खुसी रहेको र दङ्गाली जनताले ठूलो हवाइ जहाज चढ्न पाउने अपेक्षा गरिरहेको बताए ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  १ : २३ बजे