Logo

समाचार

सवारी लाइसेन्सका लागि आज साँझबाट आवेदन दिन सकिने



काठमाडौं । सवारी चालक अनुमतिपत्र लाइसेन्स को नयाँ आवेदन आजबाट खुल्दैछ ।

यातायात व्यवस्था विभागले आज सोमबार साँझ ६ बजेबाट आवेदन खुला हुने जनाएको छ ।

आवेदन दिएको १५ दिनमा लाइसेन्सको ट्रायल हुने पनि विभागले जनाएको छ । कोभिड महामारीका कारण लामो समय परीक्षा रोकिँदा पछिल्लो समय अत्यधिक चाप देखिएको छ।

लाइसेन्सका लागि आवेदन दिनका लागि applydl.dotm.gov.np मा गएर फर्म फर्नुपर्नेछ ।

नयाँ अनलाइन प्रणाली सुरु गर्न भन्दै विभागले नयाँ तथा वर्ग थपका लागि हालसम्म लिएका सबै अनलाइन आवेदनहरू रद्द गरेको हो ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  १ : ०१ बजे