Logo

Breaking News 1

केपी ओलीलाई प्रचण्डको प्रश्न- तपाईँलाई टाउको काट्ने मान्छे भन्यो भने के हुन्छ ?



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा शान्ति सम्झौतालाई अपमान गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

शनिबारको संसद बैठकको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रचण्डले बिहीबार संसदमा बोल्दै ओलीले द्दन्दकालमा मानिसलाई बोरामा हालिएको भन्ने अभिव्यक्ति दिएकोमा प्रचण्डले आज जवाफ दिएका हुन् ।

शान्ति सम्झौता गर्दा सबै एकै ठाउँमा बसेर ऐतिहासिक निर्णय भनिएको स्मरण गर्दै प्रचण्डले ओलीले फेरी अहिलेको अवस्था परिवर्तन भइसकेपछि पनि अपमान गर्न नछोडेको टिप्पणी गरेका हुन् ।

प्रचण्डले ओलीलाई प्रश्न गर्दै भने,’मैले पनि तपाईँ टाउको काट्ने मान्छे हैन ? तपाई हत्या गरेर जेल बसेको मान्छे हैन ? भनेर भने भने के हुन्छ ?

प्रचण्डले निर्वाचनमा विदेशमा रहेका नेपालीहरूले पनि उत्साहपूर्वक सहभागिता जनाएको भन्दै खुसी प्रकट गरे । उनले राजनीतिक दल, मतदातादेखि निर्वाचन गराउने भूमिकामा रहेका सबै निकायलाई धन्यवाद ज्ञापन गरे ।

काठमाडौं महानगरपालिका र धरान उपमहानगरपालिकाका मेयरलाई प्रचण्डले सङ्‍घीय लोकतान्त्रिक गणतन्त्रको फूलबारीमा फुलेका दुई फूलको संज्ञा दिए । दुवै मेयरलाई प्रचण्डले बधाई दिँदै काठमाडौं र धरानवासी मतदातालाई धन्यवाद ज्ञापन गरे ।

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  १२ : १५ बजे