Logo

Breaking News 1

देशको अर्थतन्त्र जोखिममा परिसक्यो: सांसद गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले देशको अर्थतन्त्र जोखिममा परिसकेको बताएका छन् ।

प्रतिनिधिसभाको शनिबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै थापाले देशको अर्थतन्त्र जोखिममा परिसकेको र यसैगरि जाने हो भने देशको खर्चले धान्न नसकिने बताए ।

देशको खर्चमात्रै बढिरहेको तर आम्दानी बढ्न नसकेकोमा थापाले चिन्ता व्यक्त गरे । गएको १० महिनामा मात्रै व्यापार घाटा अत्याधिक बढेको भन्दै यो क्रम तत्काल रोकिने अवस्था नरहेको बताएका छन् ।

आयात प्रतिस्थापनलाई मुख्यरुपमा मात्रै नलिई निर्यातमा पनि जोड दिनुपर्ने उनको भनाई रहेको थियो ।

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  ११ : ३६ बजे