Logo

समाचार

ग्याँस बुलेटमा आगलागी



काठमाडौं । चितवनमा ग्याँस बोकेको बुलेटमा आगलागी भएको छ ।

आज नारायणगढ-मुग्लिन सडकखण्डमा पर्ने पन्ध्रकिलो भन्ने स्थानमा ग्यास बोकेको बुलेटमा आगालागी भए पनि ग्यास बुलेट विष्फोट नहुँदा ठूलो क्षति हुनबाट जोगिएको छ ।

प्रहरीका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको भारतीय नम्बरको बुलेटमा आगलागी भएको हो । चारवटा दमकलबाट आगलागी नियन्त्रणमा लिइएको छ ।

आगलागीको कारण भने खुल्न सकेको छैन ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  २ : ५१ बजे