Logo

अर्थ

शुक्रबार बढ्यो सुनको मूल्य, कतिमा कारोबार भइरहेको छ ?



काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार २ सयले बढेर ९८ हजार रुपैयाँमा कारोबार भईरहेको छ।

यस्तै, तेजावी सुन प्रतितोलामा ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । महासंघकाअनुसार शुक्रबार चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ ।

चाँदी प्रतितोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  १० : ४७ बजे