Logo

समाचार

राहदानी विभाग आइतबार पनि खुल्ने



काठमाडौं । राहदानी विभाग आइतबार पनि खुल्ने भएको छ ।

विभागले बिहीबार सूचना जारी गर्दै विभाग आइतबार पनि खुल्ने जानकारी दिएको हो ।

विभागले १५ गतेबाट विभाग आइतबार पनि खुल्ने जानकारी दिएको हो । सेवाग्राहीको चाप बढिरहेकाले आइतबारदेखि अर्को व्यवस्था नभएसम्म प्रत्येक हप्ताको आइतबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म विभाग खुला रहने विभागले जनाएको छ ।

आइतबार बिहान १० बजे देखि अपरान्ह ४ बजेसम्म विभाग खुल्ने जनाइएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  १ : २८ बजे