Logo

अर्थ

बिहीबार घट्यो सुनको मूल्य, तोलाको कतिमा कारोबार भइरहेको छ ?



काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबार प्रतितोला ९८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ६ सय रुपैयाँले घटेर ९७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, तेजावी सुन प्रतितोलामा ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । महासंघकाअनुसार बिहीबार चाँदीको मूल्य भने तोलामा ५ रुपैँयाले घटेको छ ।

बिहीबार ५ रुपैयाँले घटेर चाँदी प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  १२ : २५ बजे