Logo

Breaking News 1

जीत स्वाभिमानको, हार दम्भको



गत बैशाख ३०मा सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ । सत्ता साझेदार दलहरुको गठबन्धन र प्रमुख प्रतिपक्षको सामान्य गठबन्धनको विचमा भएको उक्त निर्वाचनमा अपेक्षाकृत कुनै पनि दलको परिणाम आएको देखिदैन । सरकारको नेतृत्व गरेको दल नेपाली काँग्रेसले सबैभन्दा बढी जित हात पारेको छ । त्यसैगरी दोस्रो स्थानमा प्रमुख प्रतिपक्ष एमाले र तेस्रोमा एकिकृत माओवादी केन्द्र रहेको छ । अन्य साना र क्षेत्रीय दलहरु क्रमश केहि स्थानीय तहहरुमा जित हातपार्न सफल भएका छन ।

यस पटको निर्वाचनका केही रोचक नजिरहरु स्थापित भएका छन । हुन त पहिले पहिले पनि त्यस्ता थुप्रै नजिरहरु थिए तर यस पटकको अवस्था अलि फरक छ । मुख्य राजनैतिक दलहरुको बोलबाला भएको नेपालको राजनैतिक बजारमा केहि अटेरी युवा तथा व्यवसायिक व्यक्तिहरुले उनिहरुलाई प्रत्यक्ष चुनौति दिएका छन । धरानको एक गुमनाम स्वतन्त्र र धनगढीको अविचलित पात्र विजयी भइसकेका छन् । काठमाण्डौको बहुचर्चित स्वतन्त्र पात्रहरुले नेपालको स्थापित दलीय सत्तालाई चुनौतीमात्र नभएर उनिहरुको दम्भलाई हराइदिएका छन ।

दलीय वा स्वतन्त्र रुपमा चुनिएका जनप्रतिनीधिहरुले आफुलाई साझा अभिभावकको रुपमा राखि सबै सेवाग्राहीलाई समान तथा उच्च नैतिक जिम्मेवारीका साथ सेवा प्रवाह गर्नु उनीहरुको कानूनी तथा नैतिक दायित्व हो ।

देशको राजधानी रहेको काठमाण्डौ महानगर पालिकामा देखिएको एक कलाकारको राजनैतिक प्रभाव र त्यसले ठूला दलहरुलाई दिएको चुनौतिले अबको नेपालको राजनैतिक दोकानमा भएको एकाधिकार तोड्न सकिन्छ भन्ने गतिलो उदाहरण पनि दिएको छ । अब करिब सबैतिरको नतिजा आइसकेको छ । धनगढी र धरानको नतिजाले समग्र देशको राजनैतिक अभ्यासलाई पक्कै सोच्न बाध्य बनाएको हुनुपर्छ । यसरी स्वतन्त्र उम्मेदवारहरुलाई जनताले अनुमोदन गर्नुको पछाडी ति दलहरुले आफ्नो राजनीतिक व्यवहारलाई समयानुकुल परिस्कृत गर्न नसक्नु हो । हालको नतिजाले आउँदो निर्वाचनमा अझै थप स्वतन्त्र उम्मेद्वारको पक्षमा जनतालाई आकर्षित गर्ने छ ।

अब निर्वाचन सकिएपछि कुन व्यक्ति कसरी जितेर आउँछ त्यो महत्वपूर्ण होइन । महत्वपूर्ण त्यो हो की हाम्रा जनप्रतिनीधिहरुले कसरी सेवा प्रवाह गर्छन । अब जनताले हेक्का राख्नु पर्ने भनेको हामीले चुनेर पठाएका दलीय वा निर्दलीय प्रतिनीधिहरुले हाम्रो सेवामा सुधार कसरी गर्छन त्यो हो । अब आलोचनात्मक तुलना गर्न सुरुगरौँ, दलीय जनप्रतिनीधिहरुले राम्रो काम गर्छ की स्वतन्त्र व्यक्तिहरुले राम्रो काम गर्छन । यदि दलीय प्रतिनीधिले राम्रो काम गर्छन भने आउँदो निर्वाचनमा उनिहरुलाई प्रोत्साहन गरौँ यदि होइन भने देशैभरी स्वतन्त्र वा निर्दलीय उमेद्वारहरुलाई सहयोग गरौँ ।

आन्तरिक मूल्याङ्कन प्रणालीले दल स्वेम र जनताको सेवा प्रवाहमा प्रत्यक्ष लाभ हुन्छ । आफुलाई सिफारिस गर्ने दल र विश्वास गर्ने जनताहरुको मन जित्न सकेमा उनीहरु फेरि पनि सोही वा माथिल्लो पदमा जान सक्ने अवस्था रहन्छ ।

जुनसुकै तरिकाले जनप्रतिनीधिको रुपमा निर्वाचित भए पनि सबै सेवाग्राहीलाई समान सेवा प्रवाह गर्नु उनीहरुको नैतिक र कानूनी दायित्व हो । यो वा त्यो वाहानामा सेवा प्रवाह तथा पदीय जिम्मेवारीबाट भाग्न कुनै पनि जनप्रतिनीधिलाई छुट छैन । निर्वाचनको प्रकृयामा कोहि पक्षमा हुन्छन त कोहि विपक्षमा । तर निर्वाचनको परिणामसँगै सबै जनताहरुको साझा प्रतिनीधि बन्न सक्नु एक परिपक्क प्रतिनीधिको दायित्व हो । निर्वाचित व्यक्तिले सबैलाई मिलाएर लैजानु पर्छ ।

निर्वाचित जनप्रतिनीधिको मूल्याङ्कन उनीहरुको निर्णय क्षमता, परिस्थिती जन्य समस्या समाधानको लागि गरिएको सार्थक पहल, व्यक्तिगत व्यवहार, नैतिक र आर्थिक आचरण, निर्णय प्रकृयाको पारदर्शिता र समहभागितामुलक सहकार्यका आधारमा गरिनुपर्छ । जनप्रतिनीधिहरुलाई सामाज र राज्यको कानून प्रति उत्तरदायि बनाउन हाम्रो समुदायको अहम भूमिका हुन्छ । निर्णय क्षेत्राधिकार भित्रका जनताहरुले आफ्नो अधिकार र जिम्मेवारीको बोध गराउन सकेमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरु सजग हुन्छन । आफ्नो दायित्व र जिम्मेवारीको बोध गर्छन र सोहि अनुसारको व्यवहार गर्छन ।

धरानको एक गुमनाम स्वतन्त्र र धनगढीको अविचलित पात्र विजयी भइसकेका छन् । काठमाण्डौको बहुचर्चित स्वतन्त्र पात्रहरुले नेपालको स्थापित दलीय सत्तालाई चुनौतीमात्र नभएर उनिहरुको दम्भलाई हराइदिएका छन ।

दलीय राजनैतिक प्रणालीमा निर्वाचित जनप्रतिनीधिहरुलाई उत्तरदायी बनाउँन सिफारिस गर्ने दलको अहम भूमिका हुन्छ । सम्बन्धित दलले आफ्नो तर्फबाट निर्वाचित प्रतिनीधिहरुलाई समय समयमा आन्तरिक मूल्याङ्कन गर्ने र आवश्यकता अनुसार आलोचनात्म वा उत्प्रेरणात्मक पृष्ठपोषण गर्नुपर्छ । आन्तरिक मूल्याङ्कन प्रणालीले दल स्वेम र जनताको सेवा प्रवाहमा प्रत्यक्ष लाभ हुन्छ । आफुलाई सिफारिस गर्ने दल र विश्वास गर्ने जनताहरुको मन जित्न सकेमा उनीहरु फेरि पनि सोही वा माथिल्लो पदमा जान सक्ने अवस्था रहन्छ ।

तसर्थ, दलीय वा स्वतन्त्र रुपमा चुनिएका जनप्रतिनीधिहरुले आफुलाई साझा अभिभावकको रुपमा राखि सबै सेवाग्राहीलाई समान तथा उच्च नैतिक जिम्मेवारीका साथ सेवा प्रवाह गर्नु उनीहरुको कानूनी तथा नैतिक दायित्व हो । कानूनी दायित्व त सबैले पुरा गर्नुनै पर्छ तर सफल जनप्रतिनीधिले आफ्नो नैतिक दायित्व समेत पुरागर्छ । नव निर्वाचित सबै जनप्रतिनीधिहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकाना ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ११ : २८ बजे