Logo

मुख्य समाचार

डा. गोविन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडे अनसन


२२ कार्तिक २०८३, शनिबार  

0
Shares

काठमाडौं । सरकार र अनसनरत डा. गोविन्द केसीबीच ६ बुँदे सहमति भएको छ । सहमतिसँगै डा. केसीले शनिबार राति आफ्नो २५औँ सत्याग्रह अन्त्य गरेका छन् ।

पटकपटकको छलफलपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शनिबार राति त्रिवि शिक्षण अस्पताल पुगेर डा. केसीसँग सहमति गरेका हुन् । मन्त्री पोखरेलले सहमतिपत्रमा हस्ताक्षर गरेपछि डा. केसीले अनसन तोडेका हुन् ।

अनसन अन्त्य भएपछि मन्त्री पोखरेलले डा. केसीको यो अन्तिम सत्याग्रह हुने विश्वास व्यक्त गरे । उनले सहमतिमा उल्लेख गरिएका विषय कार्यान्वयनको प्रक्रिया अघि बढाइने बताए ।

सरकार र डा. केसीबीच भएको सहमतिपत्रमा डा. केसी, शिक्षा तथा खेलकुदमन्त्री पोखरेल, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा. डा. जगदीश अग्रवाल, सांसद् पुकार बम र नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. बद्री रिजालले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०८३, शनिबार  ६ : ३२ बजे