Logo

खेलकुद

डेब्यु प्रतियोगितामै गुजराज फाइनलमा



काठमाडौं । गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मंगलवार राति भएको पहिलो क्वालिफायरमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरात फाइनल पुगेको हो ।

राजस्थानले दिएको १ सय ८९ रनको लक्ष्य गुजरातले १९ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८८ रन जोडेको थियो । यस जीतसँगै गुजरातले डेब्यु सिजनमै आईपीएलको फाइनलमा स्थान बनाएको छ ।

राजस्थानलाई पनि फाइनल पुग्ने अवसर रहेको छ । अब राजस्थानले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ ।इलिमिनेटरमा लखनउ सुपर जाइन्ट्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ७ : २७ बजे