Logo

खेलकुद

एएफसी यू-१७ छनोट खेल: नेपाल समूह ‘एफ’ मा



काठमाडौं । एएफसी यू-१७ एसियन कप छनोट खेलहरू आगामी अक्टोबर १ देखि २२ तारिखसम्म हुनेछन । नेपाल समूह ‘एफ’ मा परेको छ ।

नेपालको समूहमा थाइल्यान्ड, भियतनाम र चाइनिज ताइपेई छन् । यो समूहको छनोट खेलहरू भियतनाममा हुनेछन् ।

एएफसी यू-१७ एसियन कप भने २०२३ मा हुनेछ । बहराइनमा हुने प्रतियोगितामा १६ टिमले भाग लिनेछन्। बहराइन स्वत: छनोट भएको छ ।

बाँकी १५ टिम छनोट प्रतियोगिताबाट छानिनेछन् । छनोटबाट समूहका शीर्ष १० टिम र ५ उत्कृष्ट टिम यू-१७ एसियन कपमा पुग्नेछन् ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  २ : १३ बजे