Logo

समाचार

दोलखामा टिपरको ठक्करबाट एक जनाको मृत्यु



काठमाडौं । दोलखामा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

गौरीशंकर गाउँपालिका(७ खानिगाउँमा सोमबार साँझ टिपरको ठक्करबाट स्थानीय ७० वर्षीय लालबहादुर विकको मृत्यु भएको हो ।

गुरुम्फिबाट खानिगाउँतर्फ जाँदै गरेको बा ५ ख ३११७ नम्बरको टिपरले पैदलयात्री विकलाई ठक्कर दिएको थियो।

टिपर चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  १२ : ०६ बजे