Logo

अर्थ

मंगलबार सुनको मूल्य स्थिर, कतिमा कारोबार भइरहेको छ ?



काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार पनि स्थिर रहेर सोही मूल्यमा कारोबार भईरहेको छ ।

यस्तै, तेजावी सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमै कारोबार भइरहेको छ । महासंघकाअनुसार मंगलबार चाँदीको मूल्य पनि स्थिर रहेको छ ।

चाँदी प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  १० : ४९ बजे