Logo

अर्थ

आइतबार बढ्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबार प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ७ सयले बढेर ९७ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै,तेजावी सुन प्रतितोलामा ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । महासंघकाअनुसार आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ ।

चाँदी प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  १२ : २७ बजे