Logo

मुख्य समाचार

प्रधानमन्त्री देउवा र अमेरिकी उपविदेशमन्त्री जियाबीच शिष्टाचार भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेकी अमेरिकी उपविदेशमन्त्री एवं तिब्बती मामिला संयोजक उज्रा जियाबीच भेटवार्ता भएको छ ।

जिया प्रधानमन्त्री देउवालाई भेट्न आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेकी थिइन् । जिया अमेरिकी रास्ट्रपति जो बाइडेनकी तिब्बत मामिला हेर्ने विशेष संयोजक पनि हुन् ।

उनी दुईदिने भारत भ्रमण सकेर नेपाल आएकी हुन् । उनले भारतमा धर्मशालास्थित निवासमा पुगेर तिब्बती धर्म गुरु दलाई लामासँग भेट गरेकी थिइन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  १० : ३४ बजे