Logo

कोशी

मोरङको रंगेलीमा मतगणनास्थलमा विवाद, प्रहरीद्वारा अश्रुग्यास प्रहार



काठमाडौँ । मोरङको रंगेली नगरपालिकाको मतगणनास्थलमा विवाद भएको छ। खसेकोभन्दा बढी मत भेटिएपछि विवाद भएको हो।

अवस्था असामान्य भएपछि प्रहरीले ३ सेल अश्रुग्यास प्रहार गरेको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले नेपालखबरलाई बताए।

मत बढी भेटिएपछि नेपाली कांग्रेसका कार्यकर्ता आक्रमक ढंगले प्रस्तुत भएका थिए। त्यहाँको प्रमुख पदमा एमाले उम्मेदवारले कांग्रेसका उम्मेदवारलाई १७ सय बढी मतले पछि पारेका छन्।

एमालेका दिलीप कुमार अग्रवाल ४ हजार ६ सय ९० मत पाउँदा कांग्रेसका मोदराज घिमीरेले २ हजार ९ सय ६० मतमात्रै पाएका छन्।
प्रदेश १ मा एमाले सबैभन्दा राम्रो र कांग्रेस सबैभन्दा खराब अवस्थामा मोरङमा देखिएको छ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ५ : ५९ बजे