Logo

मधेश प्रदेश

अफताब आलमका छोरा राजिक राजपुरको मेयरमा विजयी



रौटहट । राजपुर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली काँग्रेस विजयी भएको छ । नख्खु कारागारमा काँग्रेसका सांसद मोहमद अफताब आलमका छोरा मोहम्मद राजिक आलम मेयरमा विजयी भएका हुन् ।

राजिकले जसपाका मोहम्मद जैद आलमलाई २ हजार ५ सय ७४ मतान्तरले पराजित गरेका छन् । राजिकले ६ हजार ३ सय ३५ मत पाउँदा जैदले ३ हजार ७ सय ५१ मत पाए । २०६४ को संविधानसभाको निर्वाचनका बेला भएको विस्फोटका घाइतेलाई इँटाभट्टामा हालेर ज्यान लिएको अभियोगमा अफताब जेल परेपछि चिकित्सक पेसा छोडेर राजिक राजनीतिमा लागेका छन् ।

उपप्रमुखमा पनि काँग्रेसकै जमिला असगरी विजयी भएकी हुन् । उनले ६ हजार २ सय ६८ मत ल्याउँदा जसपाकी ३ हजार ६ सय २९ मत पाएकी थिइन् । असगरीले कलवारलाई २ हजार ६ सय ३९ मतान्तरले पराजित गरिन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ३ : २२ बजे