Logo

मुख्य समाचार

सरकारी छाप तथा दस्तखत किर्ते गरेको अभियोगमा पक्राउ



तनहुँ । सरकारी छाप तथा कर्मचारीको दस्तखत किर्ते गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा म्याग्दे गाउँपालिका ७ घर भएका व्यास नगरपालिका २ कालिकामार्गस्थित ग्यालेक्सी कम्प्युटर एण्ड आइटि सेन्टर संचालन गरेर बस्ने २७ वर्षीय रुद्र गदाललाई बिहीबार दिउँसो प्रहरिले नियन्त्रमा लिएकाे जनाएकाे छ ।

बैदेशिक रोजगार न्यायाधिकरणको छाप तथा कर्मचारीको दस्तखत किर्ते गरी कम्प्युटर माध्यमबाट सक्कली सरह बनाइ प्रयोगमा ल्याउने गरेको अनुसन्धानको क्रममा खुल्न आएपछि उनकै पसलबाट प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै किर्ते बनाउन प्रयोग भएको कम्प्युटर समेत प्रहरीले बरामद गरेको छ ।

उनी उपर सरकारी छाप दस्तखत किर्ते मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  २ : २७ बजे