Logo

खेलकुद

युगाण्डाविरुद्ध नेपालले टस जितेर ब्याटिङ गर्दै

हिरनान्माये रोयको डेब्यु



काठमाडौं । युगान्डा महिला क्रिकेट टिम र नेपाली महिला क्रिकेट टिम बिचको महिला टी-२० अन्तर्राष्ट्रिय श्रृंखलाको चौथो खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने भएको छ ।

किर्तिपुरस्थित त्रिवी मैदानमा हुने पाँच खेलको महिला टी २० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गतको चौथो खेल प्रतियोगितामा नेपालका तर्फबाट आजको टिममा परिवर्तन गरिएको छ ।

नेपालका तर्फबाट हिरनान्माये रोयले डेब्यु गरेकी छन्। यससँगै नेपाली महिला क्रिकेटमा डेब्यु गर्ने उनी २४औं खेलाडी हुन्। सबनम राई, संगीता राई र रोमा थापाको स्थानमा अप्सरी बेगम, अस्मिना कर्मचार्य र हिरनान्माये रोयले आज खेल्दैछन् ।

अघिल्ला तीन खेलमा पराजित रहेको नेपालले युगाण्डासँगको शृंखला गुमाइसकेको छ ।

रातभरको वर्षाका कारण मैदानमा पानी जमेपछि खेल पौने घण्टा ढिला गरी पौने २ बजेदेखि सुरु हुँदैछ । खेल १८ ओभरको हुनेछ ।

नेपालको सुरुवाती ११
रुविना क्षेत्री (कप्तान), ज्योति पाण्डे , सीता रानामगर इन्दु बर्मा, अप्सरी बेगम, अस्मिना कर्मचार्य, सरिता मगर , कविता जोशी, विन्दु रावल, हिरनान्माये रोय र डली भट्ट

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  १ : ४९ बजे