Logo

Breaking News 1

काठमाडौंमा बालेन साह १० हजार बढी मत अन्तरले अगाडी



काठमाडौं । स्वतन्त्र उम्मेदवार बालेन साहले काठमाडौं महानगर प्रमुखमा १० हजारभन्दा बढी मत अन्तरले अग्रता लिइरहेका छन् ।

बिहीबार बिहान ९ बजेको विवरण अनुसार साहले २१ हजार ६२२ मतसहित अग्रता लिइरहेका छन् । उनलाई एमालेका केशव स्थापितले ११ हजार ३६ मतसहित पछ्याइरहेका छन् ।

सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी सिर्जना सिंहले १० हजार २६७ मत प्राप्त गरेकी छिन् ।

उपप्रमुखमा नेकपा एमालेकी सुनिता डंगोलले फराकिलो मतले अन्तर बढाइरहेकी छिन् । उनले १९ हजार ९५६ मतसहित अग्रता लिँदा सत्ता गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले ६ हजार ३१६ मतसहित पछ्याइरहेका छन् ।

त्यस्तै राप्रपाकी बिनिता मगैयाले ३ हजार ४४९ प्राप्त गरेकी छन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  १० : १५ बजे