Logo

मुख्य समाचार

मध्यनेपाल नगरपालिका मेयरमा कांग्रेसका पाण्डे विजयी



काठमाडौं । लमजुङको मध्यनेपाल नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमाले विजयी भएको छ।

मध्यनेपाल मेयरमा एमालेलाई पराजित गर्दै गठबन्धनका कांग्रेसका उम्मेदवार रमेशकुमार पाण्डे विजयी भएका हुन्। उपमेयरमा भने एमालेकी सीता गुरुङ निर्वाचित भएकी छिन् ।

मेयरमा निर्वाचित कांग्रेसका पाण्डेले ६ हजार ५५२ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राजकुमार श्रेष्ठले ६ हजार २१४ मत प्राप्त गरेका छन्।

यसैगरी, नगरपालिकाको उपमेयरमा एमालेकी सीता गुरुङ विजयी भएकी छिन्। उनले ६ हजार ४ सय ७६ मत प्राप्त गरेकि छन्। गठबन्धनबाट माओवादी केन्द्रबाट उपमेयरका उम्मेदवार बनेका उपेन्द्र अधिकारीले ५ हजार ६५ मत प्राप्त गरे ।

पाण्डे पुनः दोस्रो कार्यकालका लागि नगरप्रमुखमा निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ३ : १५ बजे