Logo

मुख्य समाचार

रोल्पाको परिवर्तन गाउँपालिकामा माओवादी केन्द्रको विजयी



रोल्पा । जिल्लाको परिवर्तन गाउँपालिकामा नेकपा माओवादी केन्द्रका शुकबहादुर बुढामगर विजयी भएका छन् । बुढाले तीन हजार ३११ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विश्वकुमार चन्दले तीन हजार १३१ मत प्राप्त गरेका छन । चन्द १८० मतले पराजित भएका छन् ।

उपाध्यक्षमा माओवादी केन्द्रकी कलादेवी खत्रीनी तीन हजार ३८७ मत प्राप्त गरी विजयी भएकी छन्, भने निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सपना बुढामगरले दुई हजार ३०८ मत प्राप्त गरेर पराजित भएकी छन् ।

गाउँपालिकोको १, २, ४, र ५ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ । वडा नंं ३ र ६ मा नेपाली कांग्रेसले जित हासिल गरेको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ४ : ५० बजे