Logo

Breaking News 1

बालेनको दौड: स्थापित र सिंहको मत जोड्दा पनि बालेन अगाडी



काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता झनै फराकिलो बनाउँदै लगेका छन् ।

ताजा मत परिणामअनुसार उनले ७ हजार ८९ मत ल्याएका छन् । यस्तै, नेकपा एमालेका केशव स्थापितले ३ हजार ७ सय ४६ मतका साथ बालेनलाई पछ्याई रहेका छन् ।

नेपाली कांग्रेसकी सिर्जना सिंहले अहिलेसम्म ३ हजार ३ मत पाएकी छिन् । यस्तै, उपाध्यक्षमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले ६ हजार ३ सय ४६ मत प्राप्त गरेकी छिन् ।

उनलाई गठबन्धन अन्तर्गतको नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले १ हजार ६ सय ९० मत ल्याएर पछ्याई रहेका छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  २ : ५५ बजे