Logo

मुख्य समाचार

दक्षिणकाली नगरपालिकाको मेयरमा कांग्रेसका मोहन बस्नेत विजयी



काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा कांग्रेस विजयी भएको छ।

मेयरमा नेपाली कांग्रेसका मोहन बस्नेत विजयी भएका हुन् । उनले नेकपा एमालेका उम्मेदवार श्रीराम आचार्यलाई २ हजार ९ मत अन्तरले पराजित गरेका हुन् ।

मेयर मोहन बस्नेत ७ हजार २ सय १ मत प्राप्त गरेर विजयी भए । एमालेका उम्मेदवार श्रीराम आचार्यले ५ हजार १ सय ९२ मत प्राप्त गरे।

यस्तै, उपमेयरमा कांग्रेसकै बसन्ती तामाङ विजयी भएकी छिन् । उनले एमालेकी इन्दिरा न्यौपानेलाई २ हजार ७ सय ९३ मत अन्तरले पराजित गरेकी हुन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  १२ : २७ बजे