Logo

Breaking News 1

बालेन साहले मतान्तर बढाउँदै लगे, ठुला दलका उम्मेदवार पछि



काठमाडौं । स्थानीय तहको निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले मतान्तर बढाउँदै लगेका छन् । अहिलेसम्मको गणना अनुसार स्वतन्त्र उमेदवार साहले २४५७ मत प्राप्त गरेका छन् ।

उनलाई अहिले नेकपा एमालेका केशव स्थापितले पछ्याइरहे पनि मत अन्तर बढ्दै गएको छ । स्थापितले १४२७ मत प्राप्त गरेका छन् । त्यस्तै, पाँच दलीय सत्ता गठबन्धनबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले भने ११६७ मत प्राप्त गरेकी छिन् ।
अहिलेसम्मको परिणाम हेर्दा बालेन साह धेरै अघि बढि सकेका छन् । अन्य उम्मेदवारको मत नगन्य मात्र छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ११ : ४३ बजे