Warning: Trying to access array offset on value of type bool in /home/ainakhabar.com/public_html/wp-content/themes/ainakhabar/functions.php on line 239
Logo

मुख्य समाचार

स्याङ्जाको वालिङमा जीप दुर्घटना


३० बैशाख २०७९, शुक्रबार  

0
Shares

काठमाडौं । स्याङ्जाको वालिङमा जीप दुर्घटना भएको छ । दुर्घटनामा परी मानवीय क्षति भएको छ । घटनाको विस्तृत विवरण आउन भने बाँकी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

सिक्रेदेखि वालिङतर्फ आउँदै गरेको ग २ च ३०२६ नम्बरको जीप आज बिहान साढे १० बजेतिर दुर्घटना भएको हो ।

सडकदेखि अन्दाजी पाँच सय मिटर तल जीप खसेको हो । दुर्घटनामा परेकाहरूलाई उद्धार गरेर वालिङमा रहेका स्वास्थ्य संस्थाहरूमा ल्याइँदै गरिएको खनालले बताए ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ११ : ५० बजे