Logo

मुख्य समाचार

मौन अवधिमा आचारसंहिता उलंघन गरेको भन्दै एमाले उपमहासचिव गुरुङलाई २४ घण्टे स्पष्टीकरण



काठमाडौं । निर्वाचन आयोगले नेकपा एमालेका महासचिव पृथ्वीसुब्बा गुरुङलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

आयोगले गुरुङलाई निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी मौन अवधिमा क्रियाकलाप गरेको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

मौन अवधिमा उनले मतदातासँग सामाजिक सञ्जालमार्फत मत मागेका थिए ।

‘यहाँले मौन अवधिमा एमालेका उम्मेदवारको पक्षमा सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेको कार्य निर्वाचन आचारसंहिताको उलङ्घन भएकाले किन कारबाही गर्नु नपर्ने हो ?’ आयोगले गुरुङलाई प्रश्न गरेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहिबार  १० : २५ बजे