Logo

Breaking News 1

धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजको इन्जिन फेल, आकस्मिक अवतरण



काठमाडौं । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण गरिएको छ ।

८७ जना यात्रु बोकेर बुधबार धनगढीका लागि उडेको विमानको एक इन्जिन फेल भएपछि काठमाडौंमा आकस्मिक अवतरण गरिएको हो ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार १२ः०८ बजे त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो । आकस्मिक अवतरण गराइएको जहाजका सबै यात्रु सुरक्षित रहेको उनले बताए ।

सुरक्षित अवतरण गरिएको जहाजको प्राविधिक जाँच गरिने उनको भनाइ छ । उक्त विमानलाई आकस्मिक अवतरण गर्न लागिएपछि अन्य विमान आकाशमै होल्डमा राखिएको थियो ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  १२ : ४३ बजे