Logo

मुख्य समाचार

आज रातिदेखि उपत्यकामा मदिरा बिक्री वितरणमा रोक



काठमाडौं । आजबाट काठमाडौं उपत्यकामा मदिरा बिक्रि बितरणमा रोक लगाइएको छ ।

उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा आज मंगलबार रातिबाट मदिरा बिक्री वितरणमा रोक लगाइने भएको छ ।

मौन अवधि सुमदिराजन्य पदार्थको सेवनले शान्ति सुरक्षामा दखल पर्ने भन्दै प्रशासनले मंगलबार रातिदेखि निर्वाचन नसकिउन्जेलसम्म मदिरा किनबेचमा रोक लगाइने भएको हो ।

मौन अवधिदेखि ३० वैशाख अर्थात मतदान नसकिएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण बन्द गरिएको काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले जारी गरेको छुट्टाछुट्टै सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  १ : ०५ बजे