Logo

मुख्य समाचार

डडेल्धुरा पुगेका प्रधानमन्त्री देउवा मतदान गरेर मात्रै काठमाडौं फर्कने



काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा डडेल्धुरा पुगेका छन् ।

देउवाले डडेल्धुरामा आज विभिन्न स्थानका चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यसैबीच, देउवा बैशाख ३० गते मतदान गरेर मात्रै काठमाडौं फर्कने भएका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  १० : ०८ बजे