Logo

समाचार

राँगोले हानेर खुमबहादुरको मृत्यु, प्रहरीले गोली हानेर राँगो मार्यो



काठमाडौं । लमजुङमा आफैँले पालेको राँगोले हानेर मृत्यु भएपछि प्रहरीले गोली हानेर उक्त राँगोलाई मारेको छ ।

सुन्दरबजार नगरपालिका वडा नम्बर ४ का ४४ वर्षीय खुमबहादुर मौरतीको आफैँले पालेको राँगाले हान्दा मृत्यु भएको हो । राँगोले हानेर खुमबहादुरकी १९ वर्षीया छोरी रविनासमेत घाइते भएकी छिन् ।

थप घटना हुन नदिनका लागि प्रहरीले राँगा गोली हानेर मारिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  १० : २९ बजे